Friday, August 7News That Matters

माछापुच्छ्रेमा पहिरो जादाँ ३ जनाको मृत्यु

पूर्णपुष्टि, साउन २

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले प्रेमराज बिकको घर पुरिंदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर प्रेमराज बिकका १६ वर्षीय नाति कुशल, नातिनी १६ वर्षीया रोजिना र नाती १४ वर्षीय समीरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रेमराज र उनकी श्रीमती सकुशल रहेको प्रहरीले जनाएको छ । प्रेमराजको छोरा बुहारी घरमा नभएकाले सुरक्षित रहेकोे प्रहरीले जनाएको छ ।