गायक राजेश पायल राईले पाए अमेरिकी सरकार बाटै बिषेश सुरक्षा, अमेरिकी सुरक्षा पाउने पहिलो नेपाली कलाकार

पूर्णपुष्टि, पुष २४
सांगित कार्यक्रमको क्रममा अमेरिका रहेका गायक राजेश पायल राई (राई ईज किङ) लाई अमेरिकी सरकारबाट बिषेश सेक्युरिटी खटाईएको छ । अमेरिकाको न्युयोर्क, रोचेस्टर सहित बिभिन्न सहरमा कन्सर्टमा व्यस्त राईलाई अमेरिका सरकार बाटै बिषेश सेक्युरिटीको व्यवस्था गरिएको हो । राई नयाँ बर्ष २०२२ लाई संगितमय बनाउन हाल अमेरिका पुगेको छ । अमेरिकाको न्युयोर्क स्थित एक कार्यक्रममा उनिमाथी दुव्र्यबहार समेत भएको थियो ।

गायक राईको फ्यान भन्दै स्टेजमा दुव्यवहार भए पश्चात राई आक्रोसित समेत बनेका थिए । पछि आयोजक र दुव्यवहार गर्ने व्यक्ति बाटै माफीको प्रस्ताव आएपछि गायक राई सम्य बनेका थिए । राई नेपालको इतिहाँसमा अमेरिकी सरकार बाटै सुरक्षा पाउने पहिलो नेपाली कलकार समेत बने । राईलाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी पुलिस’ले सुरक्षा दिएको जनाईएको छ । जुन अमेरिकाको विशेष सेक्युरिटी फोर्स मानिन्छ ।

अन्तत ः यसरी अमेरिकी सरकार बाटै बिषेश सुरक्षाको व्यवस्था अन्य कुनै पनि नेपाली कलकारहरुलाई गरिएको रेकर्ड छैन् । यसरी अमेरिकी सरकारबाटै सेक्यूरिटी पाउने राजेशपायल राई पहिलो नेपाली कलाकार हुन् ।

अमेरिकाको विभिन्न सहरमा कार्यक्रम प्रस्तुत गरेर राजेशपायल यही १७ जनवरीमा नेपाल फर्कँने तयारीमा छन् । नेपालमा धरान, मिक्लाजुङलगायतका स्थानमा आफ्नो कन्सर्ट भएकाले अमेरिका कतिपय प्रोगाम छाडेर आउन लागेको पनि उनले बताएका छन् ।
राई न्युयोर्कको कार्यक्रम सकाएर ८ जनवरीमा हुने लाइभ कन्सर्टमा सहभागी हुन यतिवेला अमेरिकाको रोचेस्टर पुगि रहेका छन् । ‘उनको लाइभ इन कन्सर्ट’मा जनवरी ८ को साँझ प्रस्तुत हुँदैछन् ।
आफू नेपाली कलाकार भएर पनि अमेरिकी सरकारले सुरक्षा दिएकामा राजेशपायलले खुसी व्यक्त पनि गरेका छन् । उनले भने, ‘यो मेरो लागिमात्र नभएर नेपाल र सम्पूर्ण नेपालीका लागि खुसीको कुरा हो ।’
‘म अमेरिकी नागरिक होइन, तर उहाँहरुले म नेपाली भएर पनि माया गरिदिनुभयो । सम्मान गर्नुभयो । धेरै खुसी छु । अमेरिकी सरकारलाई धेरै धेरै धन्यवाद’, उनले भने । देश बाहिरको नेपाली डायस्पोरामा अत्यादिक डिमान्डे राई कोरोनाका कारण बिदेशी स्टेजहरु चड्न पाईरहेका थिएन् । पछिल्लो सहजताका समय सँगै राईको पुन तिव्र माग सँगै उनि अमेरिका पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0