Saturday, June 20News That Matters

गुडिरहेको टिपरमा आग्लागी

पूर्णपुष्टि, असार ९

सिरहामा गुडिरहेको टिपरमा अचानक आग्लागी भएको छ । पूर्व पश्चिम राजर्मागको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा आज बिहान आफैँ आगलागी हुँदा टिपर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

इँटा हालेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आग्लागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आग्लागी भएपछि चालकले हामफालेर आफ्नो ज्यान जोगाएको स्थानीवासीले बताएको प्रहरीले जनाएको छ ।

टिपरमा आगलागी पश्चात समयमा आगो निभाउन नसक्दा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।