
पूर्णपुष्टि, असार २१ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बुबा–छोराको मृत्यु भएको छ भने बस धनी गम्भिर घाईते भएका छन् । बसमा सवार रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको करेन्ट लागी मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको र बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ बर्षीय महेन्द्र वली गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले बताए ।
गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
