
पूर्णपुष्टि, ७ वैशाख । उदयपुर र सिन्धुलीका स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई गुणस्तरीय सेवाका लागि गाईघाटमा तीन दिने तालिम प्रदान गरिएको छ । वल्र्ड भिजन नेपाल, हुरेण्डेक उदयपुर र सिड्स नेपाल सिन्धुलीको संयुक्त सहयोगमा स्वास्थ्य संस्थाको चुनौतीलाई थप सहज र संञ्चालन व्यवस्थापन सँगै सेवालाई गुणस्तर बनाउने बारे तालिम प्रदान गरिएको हो । हुरेण्डेक उदयपुरका कार्यक्रम अधिकृत प्रशन्न कार्कीका अनुसार उदयपुर र सिन्धुली गरी तालिममा स्वास्थ्य सँग सम्बन्धित जम्मा २८ जना व्यत्तिहरु सहभागी रहेका जनाए । जस मध्ये उदयपुरको १८ जना र सिन्धुलीको १० जना सहभागी रहेका थिए । जसमा ६ पालिकाका स्वास्थ्य संयोजक र अन्य सबै स्वस्थ्य चौकी इन्चार्जहरु रहेको कार्कीले जनाए ।
जस अन्तर्गत स्वस्थ्य व्यवस्थापन समितिको क्षमता अबिबृद्धि, मात्रृ शिसु तथा वाल्यकालिन पोषण, गर्भवती तथा सुत्केरी महिलाको स्यहार र स्वास्थ्य व्यवस्थापनको जिम्मेवारी र भुमिका बिषयक बारे बृहत प्रशिक्षण गराईएका थिए । हुरेण्डेक उदयपुरका परियोजना व्यवस्थापक बिकल सुवेदीले गुणस्तरीय स्वाथ्य व्यवस्थापन समितिको क्षमता अभिबृद्धिका लागि समितिका संयोजकहरुलाई अनिवार्य उपस्थित गराईएको जनाए । उनले स्वास्थ्य क्षेत्रमा स्वास्थय व्यवस्थापन समितिको भुमिका के र कती भन्ने सन्दर्भमा तालिमले स्पष्ट पारेको जनाए । स्वास्थ्य ब्यवस्थापन समितिले स्वास्थ्य संस्थाले प्रदान गर्ने दैनिकी सेवा प्रभावको सुनिश्चिता र त्यस अन्तर्गतका स्वास्थ्यकर्मी परिचालन, औषधी उपचार, आवश्यक स्वास्थ्य सामाग्री, सुविधा सम्पन्न स्वास्थ्य भवन आदी कुरामा ध्यान पुराउनु पर्ने जनाए । यसका लागि वडा अध्यक्ष स्वयम स्वस्थ्य संयोजक र स्वास्थ्य प्रमुख सदस्य सचिव र अन्य सदस्यहरुको समिति निर्माण हुने गरेको सुवेदीले जनाए । हरेक ठाउँमा निर्माण भएको कुनै पनि स्वास्थ्य चौकीहरुमा व्यवस्थापन समितिले आफ्नो भुमिकालाई पुरा गर्न सके त्यहाँ स्वास्थ्य क्षेत्रमा गुणस्तरको कमि नहुने आयोजकले जनाएको छ । कार्यक्रमलाई स्वास्थ्य कार्यालय उदयपुरले समन्वय गरेका थिए ।




