
पूर्णपुष्टि, असार १०
गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मदाने गाउँपालिकामा २२, २२, २६, र २६ वर्षका पुरुष रहेका छन् । त्यस्तै गुल्मीदरवार गाउँपालिकामा २३ वर्षका पुरुष रहेको जनाएको छ । योसँगै जिल्लामा संंक्रमित संख्या २ सय ४५ जना पुगेको छ ।
उनीहरु सवै भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरु रहेको जनाएको छ ।
उक्त संक्रमितमध्ये २० जना उपचारपछि निको भए डिस्चार्ज भएको छ भने ३ जनाको मृत्यु भईसकेको छ ।
