Tuesday, June 9News That Matters

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पूर्णपुष्टि, असार १०

वर्षासँगै पहिरो खसेपछि कर्णाली राजमार्ग गतरातिदेखि अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गगनेखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

यो राजमार्ग हुँदै सुर्खेत र नेपालगञ्जबाट मुगु, जुम्ला, कालिकोट, बाजुरामा गाडी ओहोरदोहोर गर्छन् । सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न बोकेर गुडेका गाडी बीचमै रोकिएका छन् ।

पहिरो खुलाउने प्रयास भैरहेको कालिकोट प्रहरीले जनाएको छ ।