Friday, June 26News That Matters

घर भाडामा बस्नेसँग कोरोना प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही

पूर्णपुष्टि, असार १०

काठमाण्डौ उपत्यकामा गाउँबाट भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।

घर भाडामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

घरबेटीले डेरा भित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने गृह मन्त्रालयले जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको जनाईसकेको छ ।

बाहिरबाट काठमाण्डौ उपत्यका फर्कनेहरुले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक जिल्लाबाट अर्को जिल्ला जाँदा, काठमाण्डौ प्रवेश गर्दा र केही घरधनीले डेरावालासँग पीसीआर रिपोर्ट मागेको भन्ने सुनिन आएकोले त्यसो नगर्न आग्रह गर्नुभएको छ ।