गैँडा गणनाका लागि तयार गर्दै

मंसिर १२ गते । 

आगामी  चैतमा गर्न लागिएको गैँडा गणनाका लागि तयार गर्न थालिएको छ । एकसिङ्गे गैँडा गणना गर्नका लागि चितवन, पर्सा, बर्दिया, शुक्लाफाँटामा हात्ति तयार गरिदै हो ।

पत्येक चार वर्षमा हुने गैँडा गणना अनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो । क्यामरा ट्र्यापिङ र प्रत्यक्ष जङ्गलमा विचरण गरेर गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् ।

जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी गरिरहेको छ । गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए ।

गैँडा गणनाका लागि फिल्डमा चाहिने प्रविधि र सामग्रीको सूची तयार पार्ने काम भईरहेको छ । कुन कुन निकायसँग सहकार्य गरेर जाने र प्रविधिजन्य विषय र व्यवस्थापनमा कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल भईरहेको प्रवक्ता श्रेष्ठले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0