Saturday, June 20News That Matters

गोरु मारेको आरोपमा ३ पक्राउ

पूर्णपुष्टि, जेष्ठ १९

गोरु मारेको अभियोगमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । गुल्मी मालिका गाउँपालिका–२ पाटाखर्कमा स्थानीय युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा दुई बालकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

घनले हानेर गोरु मारी पेट चिरेर पित्त झिकेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।