Saturday, June 20News That Matters

बिराटनगर कोशी अस्पतलाका सिनियर स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्यो

पूर्णपुष्टि, जेष्ठ १९

कोशी अस्पतालमा कार्यरत एक जना सिनियर स्वास्थ्यकर्मी माथी प्रहरीले कुटपिट गरेको छ । अस्पतालमा काम सकेर मंगलबार राति ९ बजे घर जाँदै गरेको अवस्थामा विराटनगरको देवकोटा चोकमा खटिएका प्रहरी टोलीले अस्पतालका सिनियर अहेब अशोक राजवंशीलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताउनुभयो ।

प्रहरीको कुटाइबाट राजवंशीको खुट्टा, घुँडालगायत शरीरको विभिन्न भागमा चोट लागेको मेडिकल सुपरिडेन्टेन्ट दासले बताए ।

अस्पतालमा ड्युटी सकेपछि मोटरसाइकलमा घर जाने क्रममा देवकोटा चोकमा प्रहरीले रोक्न लगाई मोटरसाईकल रोक्ने बित्तिकै दुई जना प्रहरीले भाटाले कुटपिट गरेको राजवंशीले बताउनुभयो ‘म स्वास्थ्यकर्मी हुँ, अस्पतालमा ड्युटी सकेपछि घर जाँदैछु भनिरहँदा पनि लगतार कुटपिट गरिरहेको राजवंशीले बताउनुभयो । ’

मेसु दासका अनुसार ‘जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्कासँग छलफल भएर दोषी प्रहरीलाई कारबाही गर्ने सहमति भएको भएका जनाउनुभयो । ‘पीडित स्वास्थ्यकर्मीले जाहेरी दिएपछि दुवै जना प्रहरीलाई कारबाही गर्ने सहमति भएकोले जाहेरी दिने तयारी भइरहेको छ ।’

जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको बारेमा अनुसन्धान भइरहेकोले अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने बताउनुभयो । ‘प्रहरीले गैर व्यवसायिक काम गरेपछि कारबाही हुन्छ नै त्यसमा कुनै दुई मतै भएन,’ उहाँले भन्नुभयो, अनुसन्धानपछि आएको सत्यतथ्यको आधारमा दोषीलाई कारबाही हुने डीएसपी राईले बताउनुभयो ।