Saturday, June 20News That Matters

चोरीका स्कुटर चढि मोबाइल लुटपाट गर्ने ४ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ १९

चोरीको स्कुटरको प्रयोग गरी मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियारलाई पक्राउ गरेको हो ।

बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानबाट मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट दिउँसो पक्राउ गरेको हो ।