Thursday, July 2News That Matters

फारम भरी १८ वर्ष देखिमाथिका सबैले कोरोना खोप लगाउन सकिने

पूर्णपुष्टि, जेष्ठ १९

१८ वर्ष देखिमाथि उमेर समुहका व्यक्तिहरुले स्वेच्छिक फारम भरी कोरोनाको खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको सुचना उल्लेख गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुचना व्यावस्थापन ईकाई (आइयम्यु) को निर्णय अनुसार कोभिड–१९ विरुद्धको खोप लिन इच्छुक १८ देखीमाथिका सबैलाई फारम भरी खोप लगाउन सकिने व्यावस्था मिलाएको छ ।

मन्त्रालयका अनुसार फारम भर्नका लागि साइड र याप तयार गरिएको छ । www.vaccine.mohp.gov.np यो लिङकमा क्लिक गरी   फारम भर्न सकिने स्वास्थ्य कार्यालयको सुचनामा उल्लेख छ । यो स्वेच्छिक फारम भरेको १८ र सो भन्दा बढी उमेरका व्यक्तिहरुले प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप लगाउन पाउने छन् ।

खोप लगाउन इच्छा गरेका व्यक्तिले फारम भरी र भराई सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।