Tuesday, June 9News That Matters

उदयपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु, कुन पालिकामा कति बिस्तृतमा

पूर्णपुष्टि, जेष्ठ १९

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा १८ पुरुष २० महिला गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु त्रियुगा, ताप्ली उदयपुरगढी र बेलकाको रहेको छ ।

त्रियुगामा १९ जना, ताप्लीमा ६ जना, उदयपुरगढीमा ७ जना, बेलकामा ५ जना र रौतामाईमा १ जना पछिल्लो समय संक्रमित थप भएको हो । यो सहित जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १ जनाको मृत्यु भएको छ । यो सँगै जिल्लामा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका ७ का ५१ बर्षिय एक पुरुष रहेको छ । उनको नोवेल हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । पछिल्लो २४ घण्टामा १० जना निको भएको छ । यो सँगै उदयपुरमा निको हुनेको संख्या २ सय ४९ जना पुगेको छ ।

उदयपुरमा सबै भन्दा बढी संक्रमित त्रियुगा नगरपालिकामा रहेको छ । त्रियुगामा २२४ महिला र २८१ पुरुष सहित ५०५ जना सक्रिय संक्रमित छन् । त्रियुगामा निको हुनेको संख्या पुरुष ६३ र महिला ४२ गरी १०५ जना रहेको छ । यता मृत्यु हुनेको संख्या भने १५ पुरुष र ७ महिला गरी २२ जना रहेको छ । मृत्यु हुनेको संख्या पनि त्रियुगामै उच्च रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

यसैगरी त्रियुगा पछि दोस्रोमा चौदण्डी नगरपालिकामा उच्च संक्रमितको संख्या पाईएको छ । यहाँ १२० सक्रिय संक्रमित छन् । जस मध्ये ६२ पुरुष ५८ महिला रहेको छ । यसैगरी यहाँ निको हुनेको संख्या पुरुष ३६ र महिला २७ गरी ६३ जना निको भएको छ भने ४ पुरुष र २ महिला गरी ६ जनाको मृत्यु भईसकेको छ ।

यसैगरी बेलकामा ५८ पुरुष ६१ महिला गरी ११९ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ २२ महिला र १९ पुरुष गरी ४१ जना निको भएको छ भने २ जना पुरुषको ज्यान गईसकेको छ ।

यसैगरी कटारी नगरपालिकामा ६२ पुरुष र ५२ महिला गरी ११४ जना संक्रिय संक्रमित रहेको छ । यहाँ १० पुरुष र ६ महिला गरी १६ जना निको भएको छ भने २ पुरुष र १ महिला गरी ३ जनाको मृत्यु भईसकेको छ ।

यता पालिकाहरुमा रौतामाई गाउँपालिकामा ७९ जना संक्रमित देखिएको छ । जस्मा ५० पुरुष र २९ महिला रहेको छ । यस पालिकामा निको हुनेको संख्या ७ पुरुष र २ महिला गरी ९ जना रहेको छ भने १ पुरुषको मृत्यु भईसकेको छ ।

यसैगरी लिम्चुङबुङ गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् । यहाँ ३१ महिला र २९ पुरुष हाल सक्रिय संक्रमित रहेको छ । यस पालिकामा निको हुनेको संख्या ४ पुरुष र ४ महिला गरी ८ जना रहेका छन् भने हाल सम्म मृत्युको संख्या शुन्य छ ।

यसैगरी उदयपुरगढीमा २२ पुरुष र १४ महिला गरी ३६ जना सक्रिय संक्रमित रहेको छ । यहाँ निको हुनेको संख्या ३ पुरुष र ३ महिला गरी ६ जना रहेको छ भने १ महिला र १ पुरुष गरी २ जनाको मृत्यु भईसकेको छ ।

यसैगरी कम संक्रमित फेला परेको ताप्लीमा हाल सम्म ११ संक्रमित रहेको छ । यहाँ ७ पुरुष र ४ महिलामा सक्रिय संक्रमित छ्न् । हाल सम्म यहाँ १ पुरुष निको भएको छ भने कुनै पनि संक्रमितको मृत्यु भएको छनै ।