Tuesday, June 9News That Matters

लिम्चुङबुङमा एक जनाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ १९

लिम्चुङबुङमा कोरोना संक्रमित एक ब्यक्तिको आज मृत्यु भएको छ । पालिकाको आइसोलेशनमा उपचाररतसंक्रमित पुरुषको आज एक्कासी मृत्यु भएको हो ।

पालिकका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार मृत्यु हुने संक्रमित वडा नं. २ ताम्लिछाका ५५ वर्षिय पुरुष हुन् । गत ११ गते परिक्षण गर्दा उनी पोजेटिभ देखिएका थिए । होम आइसोलेशनमा बस्दै गरेका उनलाई स्वास्थ्य समस्या देखिएपछि पालिकाको आइसोलेशनमा तीनदिन अघि ल्याइएको थियो । विहानसम्म सामान्य अवस्थामै बोलचाल गरिरहेका उनको एक्कासी मृत्यु भएको जनाइएको छ ।

शब ब्यवस्थापनमा नेपाली सेना पुग्न लामो समय लाग्ने भएपछि पालिकाकै पहलमा ब्यवस्थापन गरिने भएको छ । पालिकाका स्वास्थ्यकर्मीटोलीले पिपिइ सेट लगाई शब लैजाने र आफन्तको जिम्मामा दाहसंस्कार गरिने भएको छ । आफन्तलाई पनि स्वास्थ्य सुरक्षाका लागि पिपिइ सेट पालिकाले उपलब्ध गराएको छ ।