Sunday, May 10News That Matters

ग्यारेजमा आगो लाग्दा ३ वटा कार जलेर नष्ट

सुनसरी, बैशाख १९ गते ।

सुनसरीको  ईटहरी स्थित एक मोर्टस ग्यारेजमा आगलागी हुदा तनि वटा कार जलेर नष्ट भएको छ । ईटहरी–९ ओसेनपार्कमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी हुदा कार जलेर नष्ट भएको हो ।

रबिन्द्र खड्काले संचालन गर्दै आएको ग्यारेजमा अचानक हिजो बेलुका साढे ७ बजे आगलागी हुदा बनाउनका लागी राखिएको बा २ च ३८७८, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।