
मिलन परियार
लिम्चुङ्बुङ/बैशाख ,१९
लिम्चुङ्बुङ गाउँपालिकाले २५ लाख बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । नोबेल कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रणका निम्ति १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पालिकाले रु २५ लाख २४ हजारको प्रकोप ब्याबस्थापन कोष स्थापना गर्ने निर्णय पारित गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी बाहेक गाउँपालिका भित्र रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक , लगाएतको तह अनुसार तलब भत्ता कट्टा गरि प्रकोप ब्याबस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष राइले बताउनुभयो ।
जस्मा जनप्रतिनिधिहरुको हकमा एक महिनाको तलब भत्ता , कर्मचारीको हकमा अधिकृत स्तरको कर्मचारीको ५ दिनको तलब ,चौथो पाचौ स्तर सो सरहका कर्मचारी को ३ दिनको तलब र शिक्षकहरुको हकमा मा.बि वा उच्च मा.बि सो सरह कर्मचारी को ५ दिनको तलब र आधारभुत तह ३ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेको प्रसासकिय अधिकृत टार्जन कुमार लिम्बुले बताउनु भयो ।
गाउँपालिकाले एक सुचना जारी गर्दै कोरोना भाईरस रोकथाम र नियन्त्रण गर्न पारित गरेको निर्णयलाई अझ साथ सहयोग गर्न अन्य निकायहरुलाई पनि आग्रह गरेको छ । पालिकाले स्थापना गरेको प्रकोप ब्याबस्थापन कोषमा रकम जम्मा गर्न इच्छुक ब्याक्ती संघ संथा , व्यापारी ,समाजसेबि स्वदेश तथा बिदेशमा रहने ब्यक्ति हरुलाई समेत पालिकाको स्थापना प्रकोप ब्याबस्थापन कोष, नेपाल एस बि आई बैंक बाराहामा रहेको खाता नम्बर ४३२५५२४०७०००१३ रकम जम्मा गरी सहयोग गर्न सकिने पनि पालिकाले अनुरोध गरेको छ ।
साथै आबस्यक स्वास्थ सामाग्री ब्याबस्थापन गर्दै लक डाउन बाट प्रभावित भएका श्रमिक मजदुरका लागि राहत सामाग्री चामल, नुन, तेल, दाल आदि बितरण गर्ने प्रक्रियामा समेत पालिकाले निर्णय गरेको अध्यक्ष राईले जानकारी गराउनुभयो ।
