Thursday, May 21News That Matters

रुसी प्रधानमन्त्री मिखाईललाई कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, बैशाख १९ गते । 

रुसीको प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रि मिखाईललाई भाइरसको संक्रमण देखिएपछि अस्पाल भर्ना गरिएको छ ।

कोरोना संक्रमण भएको बारेमा प्रधानमन्त्री मिखाईलले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको जनाईएको छ ।

अहिलेसम्म रुसमा कोरोना संक्रमितको सख्या एक लाख पुगेको छ भने एक हजारभन्दा बढीको मृत्यु भईसकेको जनाइएको छ ।