Tuesday, June 9News That Matters

ग्यासको सिलिण्डर पड्किँदा ३ जना घाइते

पूर्णपुष्टि, असोज २८ 

कैलालीमा खाना पकाउने ग्यासको सिलिण्र पड्केर तीन जना घाईते भएका छन् ।
धनगढी उपमहानगरपालिका–८ का हरिलाल विष्टको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा उनीसहित उनकी श्रीमती ६५ वर्षीयाया विमला विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते सबैका धनगढीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ग्यास लिक भएर सिलिण्डर पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।