Tuesday, June 9News That Matters

नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपष्टि, असोज २८

नेपालमा आज थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा२ हजार १ सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार ९ सय ५४ पुगेको छ ।

अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।