
पूर्णपुष्टि, जेष्ठ १६
खाना पकाउने क्रममा ग्यास पड्किँदा आमाछोरा घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य घाइते भएका हुन् ।
घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुको अवस्था मध्यम रहेको छ । प्रहरीकाअनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।
खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
