
पूर्णपुष्टि,जेष्ठ ४ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा दर घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।यस्तै, काठमाडौं-अत्तरीया-चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरीया-सिलगढीको २४०८, काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ ।
त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ ।
