Monday, June 15News That Matters

रियल मड्रिड विरुद्ध ४ गोल गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

पूर्णपुष्टि,जेष्ठ ४ । म्यानचेस्टर सिटीले साविक विजेता रियल मड्रिडलाई हराउँदै यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश पाएको छ । गएराति इत्तिहाद स्टेडियम म्यानचेस्टरमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जितसहित सिटी फाइनलमा पुगेको हो ।

सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एकरएक गोल गरे । सिटी सन् २०२०र२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग जुन १० तारिखमा फाइनले खेल खेल्ने छ ।