Sunday, May 17News That Matters

घट्यो सुनको भाउ

पूर्णपुष्टि,माघ २९

आज सुनको भाउमा गिरावट आएको छ । आज सुन चार सय रुपैयाँले सस्तिएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि २५ रुपैयाँले सस्तिएको छ । हिजो १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।