Sunday, May 17News That Matters

घरबाटै माटो परीक्षण

पूर्णपुष्टि, फागुन १३ 

नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेका विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी.पी.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी माटोको डिजिटल नक्सा तयार गरेको हो ।

यस नक्साको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश बनेको कृषी मन्त्रालयले जनाएको छ । दक्षिण एशियाका अन्य देशहरुमा सो प्रविधिको प्रयोग गरी नक्सा तयार परेपनि केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सीमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । ‘माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सकिने जनाईएको छ ।

किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ, कुन बालीको उत्पादन राम्रो हुन्छ, कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने मन्त्रालयले जनाएको छ ।

सार्क क्षेत्रमै पहिलो पटक माटोको डिजिटल नक्सा बनाउन सफल भएको हो । नक्साङ्कन कार्यले किसानमात्र नभइ नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक सङ्घ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिने मन्त्रालयले जनाएको छ ।