
पूर्णपुष्टि, फागुन १२
पशुपतिनाथमा रहेको शिवलिंगको मुल जलहरी ढाक्न ८० करोड लागेको छ । १०८ किलोको सुनले उक्त शिवलिंगको जलहरीलाई ढाकिएको हो । यस कार्यका निम्ति ८० करोड रुपैयाँ खर्च भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनुभयो ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको ढकालले जानकारी दिनुभयो ।
सुनको जलहरी अर्पण गर्नको निम्ति पाँच दिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गर्नुभयो ।
