घरमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु, १५ घाईते

पूर्णपुष्टि, पुष २२
झापाको एक घरमा बुधबार लागेको आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ, भने १५ जना घाईते भएका छन् । जिल्लाको मेचीनगर नगरपालिका–७ पिपल चौक स्थित केशब पाठकको घरमा लाएको आगो निभाउने क्रममा सोही नगरपालिका वडा नं. ८ का ४५ वर्षीय सारद राजवंशीको ज्यान गएको हो । अन्य १५ जना भने घाईते भएका हुन् ।

हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशीसहित १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ ज्यान गएको अस्पतालले जनाएको छ । अन्य घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0