
पूर्णपुष्टि, जेष्ठ ३०
घरायसी बिबाद हुँदा श्रीमानले नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहार गरेको आरोपमा दीपकलाई शनिबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घरायसी बिबाद भएपछि श्रीमानले सुन पसलमा काम गर्दा प्रयोग गर्ने एसिडले छ्यापेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बायाँ हात र पेटमा एसिड परेको छ । दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहारीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
