Saturday, June 20News That Matters

पाँचथरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पूर्णपुष्टि, जेष्ठ ३०

पाँचथरमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । फिदिम नगरपालिका–४ जोरसालका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी  शनिबार राति हत्या भएको हो ।

प्रहरीका अनुसार इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छन् ।

सासूससुरा भेट्न मृतककी बुहारी आइतबार बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।

मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीबारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेकोले थप विवरण सार्वजनिक हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।