
पूर्णपुष्टि, जेष्ठ ३०
उदयपुरको ताप्लीमा भएको बुलेरो दुर्घटनामा परी एकको घटना स्थलमै मृत्यु भएको छ भने ३ घाईते भएका छन् । घाईतेहरु मध्ये २ जनाको अवस्था घम्भीर छन् ।
गएराति करिब साढे ७ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका ४ स्थित बा १८ च १५६७ नम्वरको बुलेरो दुर्घटना हुँदा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षिय इन्द्र बहादुर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि अन्य २ जना घम्भीर घाईने भएका छन् । अन्दाजी ३५ बर्षिय चालक डाँक नारायन श्रेष्ठ र ताप्ली गाउँपालिका ४ ठानागाउँ ज्यामिरेका ३० बर्षिय झगर बहादुर सार्की घम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम वहादुर दाहालले जानकारी दिनुभयो ।
चालक श्रेष्ठको टाँउको र खुट्टामा चोट लागेको र सार्कीको टाउकोमा चोट लागेको छ । उनिहरु दुवैको अवस्था गम्भिर भएपछि थप उपचारको लागी बिराटनगर लगिएको एसपी दाहालले बताउनुभयो ।
ताप्ली गाउपालिका ०४ कै अन्दाजी २६ बर्षिय डम्वर बहादुर तामाङ भने सामान्य घाईते भएको छ । उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिए ।
बुलेरो ताप्ली ४ पोखरी स्थित भित्री कच्ची सडक खण्डमा लहानवाट लखनडाँडा तर्फ मिल बोकेर जादै गरेको अवस्थामा सडक बाट २ सय मिटर तल खसेको थियो । दुर्घटना उपर इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ ।
