
पूर्णपुष्टि, जेष्ठ २९
पछिल्लो २४ घण्टा उदयपुरमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका, लिम्चुङबुङ, त्रिनपा र चौदण्डीका २१ पुरुष र २४ महिलामा आज संक्रमण पुष्टि भएको हो । आज थप हुनेहरुमा त्रिनपाका १३, चौदण्डीका १७, बेलकामा १० र लिम्चुङबुङमा ५ जना रहेको छ । १४८ जनाको परिक्षणमा ४५ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७४ मा झरेको छ । संक्रमित मध्ये ५२० जनाको होम आईसोलेसन र ५४ जनाको सस्थागत आईसोलेसनमा उपचार भईरहेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा निको हुनेको संख्या आक्रमक देखिएको छ । आज १३७ जनाले कोरोना जितेपछि जिल्लामा कोरोना बाट मुक्त हुनेको संख्या १११२ पुगेको छ । हिजो मात्रै ४ सय बढीले कोरोना जितेको स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा मृत्युको संख्या शुन्य रहेको छ । ५ दिन यता देखि जिल्लामा मृत्युको संख्या यथावत रहेको छ । हाल सम्म जिल्लामा ४६ जनाले कोरोना बाट ज्यान गुमाएको छ ।
