Sunday, May 17News That Matters

दुइदिन यता उदयपुरमा निकाे हुनेकाे संख्याले फड्काे मार्दै, संक्रमण चेनब्रेक हुने संकेत : काेराेना खबर अपडेट, २९ जेठ ०७८

१.

उदयपुरमा आज ४५ जना कोरोना संक्रमित थपिएका छन् । १४८ जनाको परिक्षण गर्दा २४ महिला र २१ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १३, चौदण्डीगढीको १७, बेलकाको १० र लिम्चुङबुङको ५ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५७४ रहेको छ । संक्रमितहरु मध्ये ५२० जनाको होम आइसोलेशनमा र ५४ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।

उदयपुरमा निको हुनेको संख्याले आज पनि फड्को मारेको छ । आज १३७ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको ७२, चौदण्डीगढीको ४३, बेलकाको ८, रौतामाईको २, उदयपुरगढीको १, ताप्लीको ८ र लिम्चुङबुङको ३ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार ११२ पुगेको छ । निको हुनेको संख्याले आजदेखि हजार नाघेको हो । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ ।

जिल्लाको मृत्यु संख्या ३६ यथावत छ । पाँचदिन यता यो संख्या यथावत रहेको छ । १५ महिला र ३१ पुरुष गरी ४६ जनाको मृत्यु पश्चात हाल कोरोना संक्रमितको मृत्यु भएको छैन ।

जिल्लामा संक्रमितको संख्या १ हजार ७३२ पुगेको छ । संक्रमितको संख्या ठुलो देखिए पनि निको हुनेको संख्याले फड्को मारेपछि सक्रिय संक्रमितको संख्या भने ५७४ रहेको छ । पालिकाहरुमा सक्रिय संक्रमित त्रियुगामा २३९, कटारीमा ४५ यथावत, रौतामाईमा चौदण्डीगढीमा ९३, बेलकामा १२२, रौतामाईमा १४, उदयपुरगढीमा १८, ताप्लीमा २, लिम्चुङबुङमा ४१ रहेको छ ।

उदयपुरमा कोरोना संक्रमण चेन ब्रेक हुने संकेत देखिएको छ । संक्रमण दर घटेसंगै निको हुनेको संख्याले फड्को मारेको छ । हिजोदेखि ठूलो संख्यामा निको हुने देखिएको छ । हिजो र आजमा मात्र निको हुनेको संख्या ६१६ थपिदा निको हुनेको संख्याले आजबाट हजार नाघेको हो । दुईदिनसंम्म सक्रिय संक्रमितले हजारको अंक ओगटेको थियो । तर सक्रिय संक्रमितकोे अंक ५७४ मा झरेर निको हुनेको संख्या १ हजार ११२ मा पुगेको हो । निको हुनेको संख्या बढ्नुका साथै परिक्षणको संख्यामा संक्रमित भेटिनेको मात्रा पछिल्लो समय घटेको छ ।  यसले जिल्लामा संक्रमण चेनब्रेक हुने संकेत देखाएको हो ।

संक्रमणको अवस्थालाई मध्येनजर गर्दै प्रशासनले गएरातीदेखि लागु हुने गरी पाँचौपटक निशेधाज्ञ थपेको छ । प्रशासनले पाँचौ पटक निशेधाज्ञ थपेको हो । गत वैशाख २५ गतेदेखि उदयपुरमा प्रशासनले सुरु गरेको निशेधाज्ञ गएराती १२ बजेदेखि लागु हुनेगरी आगामी असार ७ गते राती १२ बजेसम्मका लागि पाँचौ पटक थपेको हो । ७ दिनका दरले निशेधाज्ञ थप्ने क्रम चलिरहेको छ । अवको निशेधाज्ञले संक्रमण चेनब्रेक गर्नसक्ने अनुमान गरिएको छ ।

उदयपुरमा जेष्ठ नागरिकहरुलाई पहिलोचरणको खोप लगाइदैछ । पहिलो चरणको कोभिड १९ विरुद्धको चाइनिज भ्याक्सिन भेरोसिल जिल्लाको आठै पालिकामा खोप कार्यक्रम सन्चालन गरिएको हो । पालिकाहरुमा खोप लगाउने क्रम चलिरहेको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरन्जीवि निरौलाले बताउनुभयो ।

नेपालमा आज ३ हजार ३८४ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल सख्या ६ लाख २६ हजार ५३५ भएको छ ।  नेपालमा आज ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ

आज ६१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ३६६ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९४ हजार ३० रहेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ६० लाख ६६ हजार २७४ पुगेको छ । निको हुनेको संख्या १५ करोड ९६ लाख ४४ हजार ९१७ पुगेको छ । मृत्यु हुनेको संख्या ३८ लाख ०१ हजार ३०१ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २६ लाख, २० हजार ५६ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।