पूर्णपुष्टि, कार्तिक २३ गते ।
सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो ।
कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।
कार्कीले बोकेको हसिया र नाम्लो खोला किनारमा भेटिएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान अगाडी बढाइएको छ ।
