Wednesday, August 5News That Matters

चुनाव जितेभने उदयपुरको यातायातमा बेतिथिलाई अन्त्य गर्छु  : बुढाथोकी

पूर्णपुष्टि, कार्तिक २२
ठुला दलहरुको आडमा व्यक्तिको जग्गामा राखिएको लाईसेन्स परिक्षा (ट्रायल) दिने ठाउँलाई सार्वजानिक जग्गामा ल्याउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरी बुढाथोकीले प्रतिवद्ध जनाएको छ । स्वतन्त्र राजनितिक शक्ति नेपालको तर्फबाट उदयपुर क्षेत्र नं १ मा उम्मेदवारी दिएका बुढाथोकीले यातायात कार्यालयले जनताहरुलाई अत्यादिक लुटीरहेको जनाए । व्यक्तिगत जग्गामा भएको परिक्षा स्थानका कारण ठुला दलका केही व्यक्तिहरु मोटाउने काम गरेको आरोप लगाउँदै तत्काल सार्वजानिक स्थानमा ल्याई जनताहरुलाई सुविधा सहज दिने उनले बताए ।

आफ्नै सवारीमा जवरजस्ती ट्रायल दिन लगाउने र पैसा लिएर सिकाउने प्रविद्धिको अन्त्य गर्दे निष्पक्ष परिक्षा बाट लाईसेन्स प्राप्त गर्ने प्रणालीको बिकास गर्ने बुढाथोकीको प्रतिवद्धता छ । परिक्षार्थीहरुलाई नियतबस त्यहाँका कर्मचारीहरुले फेल गराउँदै पैसा असुन्ले गरेको उनले जनाए । निष्पक्ष बिधिबाट परिक्षा नहुँदा सोलु, खोटाङ, ओखलढुङगा जस्ता टाढा बाट आउनेहरुलाई बिषेशगरी बढी समस्यामा पारेको उनले जनाए । पटक पटक गरी कयौँ खर्च गर्दा मात्रै लाईसेन्स पाउनु पर्ने भन्दै अब यस्तो प्रणालीलाई रोक्नु पर्ने जनाए । आफुले चुनाव जितेमा भने यातायात कार्यलय र ट्राफिक प्रहरीलाई सिस्टममा ल्याउने जनाएको छ ।