Wednesday, August 5News That Matters

२० दिन देखी हराएका व्यक्तिको शव सडेको अवस्थामा फेला

पूर्णपुष्टि, कार्तिक २२

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ । भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा सोमबार बेलुकी शव फेला परेको हो । उनि गएको कार्तिक २ गते देखी परिवारको सम्पर्कमा आएका थिएनन् ।

मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।