
पूर्णपुष्टि, पुष २४
पाँचथरमा भिरबाट खसी एक जनाको मृत्यु भएको छ । फालेलुङ गाऊपालिका–७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको मृत्यु भएको छ ।
हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको थियो ।
