Wednesday, May 27News That Matters

घुसदिन खोजेको आरोपमा एक जना पक्राउ

पुस  गते । 

इलाका प्रहरी कार्यालय हिरवनका प्रहरी निरिक्षकलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेको छ । प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टी बजारका श्यामकुमार श्रेष्ठ पक्राउ परेको हो ।

दुर्घटना विमा रकम दावी गर्नका लागि दुर्घटनामा लाइसेन्स नभएका व्यक्तिको लाइसेन्स भएका अर्कै व्यक्तिको नाममा सिफारिस बनाइदिन प्रहरीलाई १० हजार घुस दिन खोजेपछि श्रेष्ठ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको श्रेष्ठलाई उक्त रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको प्रहरीले जनाएको छ ।