
पूर्णपुष्टि, पुस ३ गते ।
दलित अधिकार सञ्जाल उदयपुरको पाँचौं भेलाबाट फुन्दे वि.क.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्ष पाण्डु परियार, सचिव कल्पना मोते, सहसचिव शशिकला परियार र कोषाध्यक्ष कर्ण सुनाम चयन भएका छन् ।
सदस्यहरुमा मेम वि.क., मिलन वि.क., उमेश लामगादे, रणबहादुर वि.क., दिनेश परियार, नेत्र वि.क., जिना रत्न, मिरा वि.क., ध्रुब सार्की चयन भएका छन् । अन्य ३ जना सदस्यलाई मनोनयन गरिने जनाइएको छ । त्यसैगरी प्रमुख सल्लाहकार भिम विश्वकर्मा, सल्लाहकारहरु अमर परियार, र्पथ्वी विश्वकर्मा, गिरीलाल परियार, सुमन परियार, रमेश वि.क., बलदेव विश्वकर्मा, लालबहादुर रम्तेल, अर्जुन सुन्दास, झनक वि.क., रिता परियार, पुष्प वि.क. र प्रल्हाद वि.क. चयन भएका छन् ।

जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि परियारले संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विभेद र छुवाछुतको अन्त्यमा सरकार लागिरहेको बताउनुभयो । दलित अभियानमा लागेका अभियानताहरुले पनि साझा अभियान बनाएर सबै प्रकारका छुवाछुत र विभेदको अन्त्यमा लाग्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रतिनिधि प्रहरी नायव निरिक्षक हरि भण्डारी, गैर सरकारी संस्था महासंघका केन्द्रिय सल्लाहकार सिर्जना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईली, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले जातीय छुवाछुत अहिले पनि नयाँ शैलीले हुने गरेको, अन्त्य नईनसकेकोले त्यसको विरुद्धमा सबै जुट्नपर्ने बताए । सबैमा व्यवहारिकरुपमै समानताको अनुभूती नभएसम्म सामाज सभ्य र समृद्ध बन्न नसक्ने बताए । विभिन्न दलित सामाजिक संस्थामा आवद्ध अभियानता तथा दलित नेताहरुले अधिकार प्राप्तीको लडाई सकिनसकेको बताए । दलित आन्दोलन सेलाउन नहुने भन्दै सबै एकजुट हुनुपर्ने उद्घोष गरेका थिए ।
दलित अधिकारको क्षेत्रमा विशेष योगदान पुर्याएका दुई दलित अभियानतालाई सम्मान गरिएको थियो । अम्वेडकर पुरस्कारबाट पुरस्कृत गैर सरकारी संस्था महासंघ उदयपुरका कार्यवाहक अध्यक्ष सुमन परियार र दलित नागरिक आन्दोलन राष्ट्रिय संयोजक सहेक विश्वकर्मालाई विशेष सम्मान गरिएको थियो ।
थप तस्बिरहरु :

