
२२ पुस गते ।
काठमाडौंको मालपोत कार्यालय साँखुका कार्यरत नायव सुब्बा घुससहित पक्राउ परेको छ । कार्यालयका सुब्बा रामेश्वर कुइँकेल दुई हजार घुस सहित सोमबार पक्राउ परेको हो ।
लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कुइँकेलसहित सापकोटालाई पनि नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
