
पुस २३ गते ।
लोकसेवा आयोगले अप्राविधिक नायब सुब्बा पदका लागि साढे पाँच सय जनाको विज्ञापन खुलाएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी अर्थात् नायब सुब्बा सो सरह पदका लागि ५ सय ४८ जनाको माग गर्दै विज्ञापन खुलाएको हो ।
खुल्ला तथा समावेशी प्रतियोगीत्मक परीक्षा द्धारा पदपूर्ती गर्नका लागि खुलाईएको यस पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने छ भने दोबर दस्तुरमा २१ गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।
यसको फारम लोक सेवा आयोगको वेबसाईटबाट भर्ना सकिने छ ।
