Wednesday, May 20News That Matters

सुलेमानीको बदलामा अमेरिकी सैनिक अड्डामा आक्रमण

पुस २३ गते ।

अमेरिकाले हवाई आक्रमण गरी ईरानी सैनिक प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि त्यसको बलदलामा ईरानले अमेरिकी सुरक्षा अड्डामा आक्रमण गरेको छ ।

ईरानले अमेरिकी आक्रमणको जवाफ दिँदै इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा करिब दर्जन मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

इराकको इरबिल र अल–अशद शहरमा रहेको अमेरिकी सुरक्षा अड्डामा मिसाइल प्रहार भएको भएपनि अहिलेसम्म कुनै हताहत भएको वा नभएको सम्बन्धमा स्पष्ट भइनसकेको अमेरिकी रक्षा मन्त्रालयले भनेको छ ।

ईरानका सैन्य प्रमुख सुलेमानीको  हत्यपछि अमेरिका–ईरान विच तनाव बढको छ ।