
पूर्णपुष्टि, चैत २३ गते ।
एक लाख रुपौयाँ घुस रकमसहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ परेका छन् । नापी कार्यालय चाबहिलको १ नं. नापी टोली, बूढानीलण्ठमा कार्यारत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट पक्राउ परेका हुन् ।
सर्भेक्षक के.सी. र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका परेको थियो । सो निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ । उनीहरुलाई ललितपुर महानगरपालिका –५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
