Wednesday, June 3News That Matters

घुस लिएको आरोपमा वन रक्षक पक्राउ

पूर्णपुष्टि, कात्तिक १

रुपन्देहीका सबडिभिजन वन कार्यालय मुर्गियाका वन रक्षक घुस लिएको आरोपमा पक्राउ परेको छ ।
काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ परेको हो ।
सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।