
पूर्णपुष्टि, कात्तिक १
उदयपुरमा अहिलेसम्मकै ठूलो सुविधा सम्पन्न भवनको शिलान्यास भएको छ । अहिलेसम्मकै ठूलो सुविधायुक्त बन्न लागेको जिल्ला अदालत उदयपुर भवनको सर्बोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले शिलान्यास गर्नु भएको हो ।
उक्त रमकमा बन्न लागेको सुविधा सम्पन्न भवन तीन वर्ष भित्रमा निर्माण गर्ने गरी सि.एम./कृष्णलक्ष्मी जे.भी., काठमाण्डौँ निर्माण कम्पनीले ठेक्का पाएको छ । भवन निर्माण कार्य २०८० जेष्ठ ३० गते भित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग गत असार ९ गते सम्झौता भएको थियो ।
उक्त भवन निर्माणका लागी १६ करोड २२ लाख ५० हजार रुपैयाको बोलपत्र आह्वान गरेको थियो भने १३ करोड ४२ लाख ८१ हजार ९ सय २६ रुपैया ९५ पैसामा बोल पत्र स्वीकृत भएको थियो ।
१२ कठ्ठा ८ धुरमा सुविधायुक्त बन्न लगोको भवन साढे तीन तलाको हुने छ । भावनमा दुइ वटा लिफ्ट, एक बाल ईजलाससहित पाँच वटा ईजलास रहेको छ । त्यस्तै छुट्टाछुटै रुपमा पीडित मैत्रि कक्ष, बालमैत्री कक्ष, थुनुवा विश्राम कक्ष, सेवाग्राहीको लागी प¥याप्त विश्राम कक्षको व्यावस्था रहेको छ । त्यसै गरी माथिल्लो तलामा मिटिङ हाल, खानेपानी लगायतका आधुनिक शौचालय रहने छ ।
नव निर्मित भवनमा फर्निसिङ लगायतका सिसि क्यामेरा र भवन अगाडी चमेना गृह रहने छ भने भावनको पछाडीपटि सुरक्षा ब्यारेक निर्माण गरिने छ ।
सर्बोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठ, उच्च अदालत विराटनगर (अस्थायी ईजलास ओखलढुङ्गाका न्यायाधीश सत्यमोहन जोशी थारु, उच्च अदालत विराटनगरका न्यायाधीश प्रेकराज कार्की, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, जिल्ला अदालत उदयपुरका न्यायाधीश दिपक खनाल, मनोज केशी लगायतका उच्च व्यक्तिहरुको सहभागिता रहेको थियो ।

