
पूर्णपुष्टि, कात्तिक १
पर्साको वीरगञ्बाट २३ किलो सुन प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

