
पूर्णपुष्टि, जेठ २७ गते ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरानबाट थप २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएर उपचाररत झापाका २८ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्ष उमेर समूहका पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । अव प्रतिष्ठानमा ५५ जना संक्रमित उपचाररत छन् ।
आजसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ भने १ न. प्रदेशमा उपचारपछि निको हुनेकोे संख्या १ सय १८ पुगेको हो ।
