Tuesday, April 21News That Matters

व्यवसायीहरुको ५ ओटा माग

पूणर्पुष्टि, जेष्ठ, २७

काठमाण्डौँ/बानेश्वरका व्यवसयाीहरुले ब्यापार सहज गराउन सरकार सँग अनुरोध गरेको छ । नयाँ वानेश्वर व्यवासायी संघले मंगलबार प्रेश विज्ञाप्ती जारी गर्दै सुनुवाइ नभए कडा आन्दोलनको समेत चेतावनी दिँदै व्यापार व्यवसायलाई सहज गर्न माग राखेका छन् ।

लामो समयको लकडाडन पछि पनि कोरोना भाइरसको स्थिति ठिक नभएको भन्दै ब्यापार व्यवसाय चौपट भएको व्यापारीहरुले जनाएको छ । यसलाई सरकारले व्यवस्थित गर्दै सतर्कताका साथ व्यवसायीलाई भने सहज बनाउनु पर्ने तर्क व्यपारीहरुले राखेका छन् । यस्तो विषम परिस्थितीमा कतिपय व्यापारी तथा व्यावसायी साथीहरु आफ्नो व्यवसायबाट पलायन भैसकेका बानेश्वर व्यापार व्यवसाय संघका अध्यक्ष रामशरण गिरीले बताउनुभयो ।

घरबेटीलाई दिनु पर्ने घरभाडा, बैकको ब्याज, सरकारलाई तिर्नुपर्ने कर, स्थानीय निकायलाई तिर्नु पर्ने व्यवसाय कर, बालबच्चाको विद्यालय शुल्क जस्ता विषयमा सरकारबाट कुनै पनि सम्बोधन नगरेकाले बाध्य भएर साना तथा मझौला व्यवसायीहरुले आफ्नो व्यवसायको ताला चावी सरकारलाई बुझाउने अवस्था आइसकेको  गिरिले बताउनुभयो ।’

संघले यिनै सम्बन्धि विभिन्न ५ वटा मागहरु अघि सारेको छ । वैज्ञानीक घर भाडा निर्धारण, लकडाउन अवधिको घरभाडा छुट, बैंक तथा बित्तिय संस्थाको ऋण मिनाहा, सरकारलाई तिर्नुपर्ने विविध कर र बालबच्चाको विद्यालय शुल्क तथा व्यापारी व्यवसायीहरुको व्यवसाय सुचारु गर्न विशेष आर्थिक प्याकेज घोषणा गर्न संघले माग राखेको छ ।