Tuesday, April 21News That Matters

गर्भवती महिलामा कोरोना संक्रमण पुुष्टि

पूर्णपुष्टि, जेठ २७ गते । 

अछामको एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा संक्रमण पुष्टि भएको हो ।

उनी  ११ दिन अघि घर फर्केर दयापिलतोला माविको क्वरेन्टीनमा बस्दै आएकी थिइन् । घर फर्केर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल ल्याइएको थियो ।

आठ महिनाकी गर्भवती ती महिलालाई आन्द्रामा समस्या आएर पेट फुलेपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको छ ।

महिलाको आजै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि जनाईएको छ ।