Thursday, April 30News That Matters

चक्कु प्रहारबाट एक युवकको हत्या, आठ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २४
चक्कु प्रहारबाट कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ बस्ने भुपेन्द्र बडुवालको चक्कु प्रहारबाट हत्या भएको हो । हत्या अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टकाअनुसार
दुई समूहबीच झडप हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।