Friday, June 26News That Matters

चक्कु प्रहारबाट श्रीमतीको हत्या

पूर्णपुष्टि, फागुन २
झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चौक का ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । आज बिहान साढे ५ बजे तामाङले मोबायल बिगारेको बिषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेको हो ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतक लाश आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।